animated ellipse animated ellipse

शिक्षा र खेलकुद वीच नङ्स र मासुको सम्बन्ध छ : मन्त्री चौधरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०८१, मंगलवार १८:३०
63
Shares
विराटनगर / युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शिक्षा र खेलकुद वीच एक आपसमा नङ्ग र मासुको सम्बन्ध रहेको बताएका छन् ।
वुढीगंगा गाउँपालिकास्तरीय छैठो राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता एवं तेस्रो वृहत प्रतिभा पहिचान वक्तृत्वकला –२०८१ को आज उद्घाटन गर्दै उनले विद्यालयस्तरमा खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन हुनुका साथ अध्ययन र अनुशासन कायम गर्नमा सहयोग पुग्ने बताए ।
मन्त्री चौधरीले खेलकुदले विद्यार्थीहमा मानसिक एवं शारिरीक स्वास्थ्य भै भविष्यमा मुलुकका हाक्ने कर्णधार निर्माण हुने बताए । सरकारले विद्यालयस्तरमा स्तरमा खेलकुदको आवश्यक्ता चाहिन्छ भनेर राष्ट्रपति रनिङ्ग कपलाई धेरै महत्व दिएको छ भन्दै उनले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा बजेट सहित प्रशिक्षक पठाउने जानकारी दिए ।
मन्त्री चौधरीले सरकारले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई  राष्ट्रिय गौरवको वहुवर्षिय योजनाभित्र राखेको छ भन्दै यसका लागि तीन अर्व भन्दा वढीको बजेट विनियोजन गरी चाँडै निर्माण प्रकिया शुरु गर्ने बताए ।
पूर्वमन्त्री एवं सांसद डिकबहादुर लिम्बुले स्थानीय तहमा हुने खेलकुद प्रतियोगिताले  उत्कुष्ट खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै खेल क्षेत्रको विकास र योग्य नागरिक निर्माण हुने बताए ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले खेलकुदको माध्यमबाट खेलाडीहरुले  आय आर्जन सहित मुलुकको नाम विश्वमा चिनाउँन सक्ने बताए ।
वुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, उपप्रम्ख अमृता गच्छदार, उद्योगपति नविन रिजाल,  प्राचार्यद्वय रिता न्यौपाने र धनेशप्रसाद निरौला लगायतले खेलकुदको विकासका लागि नीजि क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका ३५ सामुदायिक र नीजि विद्यालयका आठ सय छात्रछात्राहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा भलिवल, कराँते, एथलेटिक्स, कवड्डी र प्रतिभा पहिचान वक्ततृत्वकला प्रतियोगिता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर