पछिल्लो २४ घण्टामा देशभर ८,८४८ जना संक्रमणमुक्त हुँदा ८९८० जनामा संक्रमण पुष्टि

खबर पूर्वाञ्चल, ८ जेष्ठ २०७८, शनिबार १७:३२

काठमाण्डौ / पछिल्लो २४ घण्टामा देशभर ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने थप ८९८० जनामा पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । १९ हजार ३ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५ सय ११ र ७ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ८९ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५