खबर पूर्वाञ्चल
विराटनगर जुटमिलको खेलमैदानमा भएको फाइनल खेलमा ग्यालेक्सी स्कुललाई १–० गोलले पराजित गर्दै मोर्डन एरा स्कुलले प्याब्सन प्रेसिडेन्ट कपको उपाधि जितेको हो ।
मोर्डन एरा स्कुलको जितमा प्रतिक राईले निर्णाय गोल गर्दै स्कुललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । उनी खेलको प्लेयर अफ द फाइनल पनि घोषित भए ।
प्रतियोगितामा विराटनगरका २४ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।
जितसँगै मोर्डन एरा स्कुल मंगलबारदेखि सुरु हुने प्याब्सन जिल्ला स्तरीय यू– १५ फुटबल प्रतियोगितामा छनौट भएका छन् । यो प्रतियोगितामा १० वटै स्थानीय तहबाट छनौट भएर जिल्ला स्तरीय प्रतियोगितामा पुगेका हुन् । जिल्ला स्तरीय प्रतियोगिता विराटनगरमा मंगलबारबाट सुरु हुने प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।