animated ellipse animated ellipse

विराटनगरमा मोटरसाइकल र स्कुटी चोरेको आरोपमा ४ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७९, आईतवार १८:३६
351
Shares
विराटनगर / विराटनगरमा मोटरसाइकल र चोरी गर्ने ३ जनालाई पक्राउ गरि प्रहरीले सार्वजकि गरेको छ ।

उनीहरुले विराटनगर–९ ठाकुरवाडीरोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने गरेका थिए । उनीहरुलाई प्रहरीले आज सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रविन राजवंशी, बुढिगंगा गाउँपालिका ७ का २५ वर्षीय पञ्चदेव खवास र विराटनगर–१९ का २१ वर्षीय विकेश खवास रहेका छन् ।

उनीहरुले प्रदेश नम्बर ०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल चोरी गरेर फरार भएका थिए । तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको टोलिले मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जानाएको छ । उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ म्याद थप गरी थप गरिएको छ ।

त्यसैगरि विराटनगरबाट स्कुटी चोरी तथा मोटरसाइकलको पार्टस चोरी गठरेको आरोपमा एक जना पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–८ २० वर्षिय सतिस मुखिया रहेका छन् । मुखियाले प्रदेश नम्बर ०१–०२–०५१ प १०२७ नम्बरको स्कुटी पुष १४ गते चोरी गरेर फरार भएका थिए । मुखिया विरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ म्याद थप गरी थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर