animated ellipse animated ellipse

कोरोनाको हर्ट स्पट बन्दै विराटनगर, वैशाखमा मात्रै थपिए ९ सय ६२ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७८, शुक्रबार १८:५८
711
Shares
पुष्पराज थपलिया
विराटनगर / प्रदेश १ मा राजधानी विराटनगर कोरोनाको हट स्पट बन्दै गएको छ । पछिल्ला केहिदिन यता दैनिक एकसय भन्दा बढी संख्याका विराटनगरमा संक्रमण पुष्टि भएको छ ।

वैशाख १ गतेदेखि आज वैशाख १७ गतेसम्म प्रदेश १ मा थपिएको २ हजार १ सय ५५ जना संक्रमित मध्ये विराटनगरमा मात्र ९ सय ६२ संक्रमित थपिएका छन् भने ९ जनाले ज्यान गुमाएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ । वैशाख १ गते १५, २ गते ८, ३ गते १४, ४ गते १६, ५ गते २७, ६ गते २४, ७ गते ४७, ८ गते ४१, ९ गते ९७, १० गते ५४, ११ गते ५९, १२ गते ७५, १३ गते ९०, १४ गते ६४, १५ गते १०५, १६ गते १०६ र १७ गते १२० जनामा कोरोना पुष्टि भएको सामाजित विकाश मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ५१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४१ पुगेको छ ।

भारतबाट लुकिछिपी आउने नागरिकहरुले गर्दा कोरोना संक्रमितको संख्या बृद्धी भएको हो । बालबालिका जोखिममा पर्ने भएपछि विराटनगर महानगरपालिका भित्रका विद्यालयहरु बैसाख मसान्तसम्म बन्द गरिएको छ ।

नगर भित्रका ठूला सपिङ महल र तरकारी बजारको भीड भने उस्तै रहेको छ । उनीहरु कसैले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेको पाईदैन । न त माक्स नै लगाउको पाईन्छ, न त भौतिक दुरी नै कायम गरेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर