AArya
RUMPUM
animated ellipse animated ellipse

दलित आयोगको प्रतिवेदन प्रदेश प्रमुख अधिकारीलाई हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७८, शनिबार १६:०३
306
Shares
विराटनगर / राष्ट्रिय दलित आयोगले आर्थिक बर्ष २०७७–७८ को प्रदेश १ को वार्षिक प्रतिवेदन आज प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’लाई वुझाएको छ ।

आयोगका प्रदेश १ र २ का संयोजक टुन्ज कामी बराइलीले नेपालको संविधानको धारा २९४ को उपदफा ३ बमोजिम उक्त प्रतिवेदन प्रदेश प्रमुख अधिकारीलाई वुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रमुख अधिकारीले तानाशाह शासन अन्त्यका लागि गरिने क्रान्ति जसरी नै मुलुकमा जातिय विभेद अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले दलितप्रति हुने अपमानित, छुवाछुत सभ्य समाज माथिको बज्रपात सरह रहेको छ भन्दै सामन्तीहरुले शोषण गर्न जातिय वर्गीकरण गरेकोले समाजमा रहेको असमानता हटाउनु हामीसबैको दायित्व भएको बताए । प्रतिवेदन समस्या समाधानको दस्तावेज भएको चर्चा गर्दै प्रदेश प्रमुख अधिकारीले सङ्घीयताको सफल कार्यान्वयनबाट सबै जातजातिका सामाजिक, आर्थिक,लैङ्गिक विभेद समाधान हुने बताए ।

आयोगका संयोजक बराइलीले अहिलेपनि समाजमा जातिय छुवाछुत रहेकोमा दुःख व्यक्त्त गर्दै यसको समाधानमा सङ्घ, प्रदेश र स्थानीय सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिनु भयो ।आयोगले वुझाएको प्रतिवेशन प्रदेश सभामा पठाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर