AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रमपम विराट गोल्डकपको पहिलो हाफमा एपीएफ र नेपाल पुलिस बराबरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०८१, बिहीबार १९:३८
36
Shares
विराटनगर / ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफमा गोलरहित खेल बराबारी खेलेका छन् ।

विराटनगरको सहिद रंगशालामा आज विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीचको दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफसम्म गोलरहिहत खेल बराबारी खेलेका छन् । निक्कै रोमाचित खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले ।

एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको टिम हो । एपीएफ विराट गोल्डकपको पूर्व  विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो । त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । पुलिसल तेस्रो संस्करणका बिजेता टिम हो । त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।

शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर