RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा  आज थप  ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या दुई सय पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ श्रावण २०७७, शुक्रबार १३:३०
3
Shares
विराटनगर /विराटनगरमा  आज थप  ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई सय पुगेको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार आज विराटनगर–९ मा ३ जना, विराटनगर–५ मा ३ , विराटनगर–११ का एक जना, विराटनगर–३ का एक जना र विराटनगर–६ का एकजन संक्रमित थपिएका हुन् ।

उनीहरूको नमूना २० साउनमा संकलन भएको थियो । शुक्रबार ९ जना संक्रमित थपिएसँगै दुई सय संक्रमित पुगेको विराटनगरमा कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर