समाजसेवी गोयलद्वारा सर्लाहीमा साडी र कम्बल वितरण

खबर पूर्वाञ्चल, ६ मंसिर २०७७, शनिबार १८:१२

विराटनगर / विराटनगरका समाजसेवी एवम् उद्योगी दीनबन्धु गोयलले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका महिलालाई साडी वितरण गरेका छन् ।

समाजसेवी गोयलले छठ पूजाका ३ हजार व्रतालु महिलालाई साडी वितरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गोयलबाट प्राप्त साडी आफ्नै हातले ३ हजार महिलालाई वितरण गरेको जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार सोही अवसरमा गाउँपालिकाका १ हजार जनालाई कम्बल पनि वितरण गरिएको छ । उक्त कम्बल पनि समाजसेवी गोयलकै सौजन्यबाट प्राप्त भएको यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५