AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल खेलकुद महासंघको विराटनगर महानगरको अध्यक्षमा घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०७८, शनिबार १७:००
801
Shares
विराटनगर / नेपाल खेलकुद महासंघको विराटनगर महानगर कमिटीको चयन भएको छ । आज नेकपा एमाले पार्टी पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले दिपक घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।

नव गठित महानगर कमिटीमा आज ३७ जना चयन भएका छन् भने बाँकीलाई पहिलो बैठकले चयन गर्ने अध्यक्ष घिमिरेले बताए । समितिको उपाध्यक्षमा प्रकाश पोखरेल र सचिवमा प्रताप कार्की चयन भएका छन् । नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलाले महानगरका १९ वटै वडालाई समेटेर महानगर कमिटी गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले खेलकुद क्षेत्रको विकास, नयाँ खेलाडीको उत्पादनमा ध्यान दिन नव निर्वाचित टीमलाई निर्देशन दिए । महासंघले खेल क्षेत्रसँगै समाजलाई आवश्यकता पर्दा स्वयम्सेवीको भूमिका समेत निर्वाह गर्नु पर्ने उनले बताए । १२ वर्ष अघि नेपाल खेलकुद महासंघ गठन भएपनि नेतृत्वले गम्भिरतापूर्व नलिँदा गुमनाम झै बनेको संगठन पछिल्लो नेतृत्व आएसँगै चलायमान भएको बताए ।

वरिष्ठ उपाध्यक्ष बस्नेतले महासंघले खेल क्षेत्र र खेलाडिको हक अधिकारका लागि लड्ने गरेको भन्दै त्यसका लागि पहलकदमी लिँदै आएको बताए। उल केपी ओली सरकारको पालामा महासंघले लबिङ गर्दै खेल क्षेत्रको बजेटमा बृद्धि भएको, देशका लागि उल्लेख्य योगदान गर्दै अन्तर्राष्ट्रिय पदक जित्नेलाई प्रोत्साहन गर्ने , पुरस्कार दिने जस्ता कामहरु अघि बढेको बताए । उनले महासंघको पहलमा कोभिड–१९ को महामारीमा खेलाडि र तिनका परिवारलाई खोपको व्यवस्था गरिएको स्मरण गराउँदै उनले महासंघले बेरोजगार रहेका खेलाडिहरुलाई रोजगार दिन सकिन्छ र त्यसकालागि प्रशस्त सम्भावना रहेको भन्दै त्यसकालागि प्रयासरत रहेको बताए।

खेलकुद महासंघले कुनै किसिमको विभेद नगर्ने भन्दै सवैलाई समान व्यवहार गर्ने, सामाजिक सद्भाव कायम राख्ने आफै अनुशासित भई अनुशासित बन्न प्रेरणा जगाउने संस्था रहेको वरिष्ठ उपाध्यक्ष बस्नेतले बताए । यसले आवधिक निर्वाचन गर्दै नेतृत्व हस्तान्तरण गर्दै अघि बढ्ने समेत बताए ।

महासंघका विज्ञ आयोगका सचिव विनोद राउतले प्रदेश १ मा महासंघले गरेको संगठन विस्तारजस्तै देशभर हुनुपर्ने बताए । उनले यस्ता समिति बन्दै गर्दा समितिमा बस्ने मात्र नभई काम गरेर देखाउनु महत्वपूर्ण हुने बताए । उनले नव निर्वाचितहरुलाई ठूलो लक्ष्य लिएर अघि बढे गन्तव्यमा पुग्न सहज हुने सुझाव दिए।

कार्यक्रममा महासंघका प्रदेश १ का संयोजक रोहित कोइरालाले खेलकुदको उर्वर भूमी मोरङ, अझ विराटनगर रहेको भन्दै तर यहि उर्वरभूमीमा लामो समयदेखि खेलकुदका गतिविधि हुन नसक्ने बनाइएको बताए। उनले अब स्तर उकास्न महासंघ संगठीत हुँदै खेल क्षेत्रकोप्रवद्र्धन र चलायमान बनाउन, नयाँ खेलाडीको उत्पादन र पार्टीको अवधारणा जनता माझ लैजान कृयाशिल हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव वासु नेपाल, विराटनगर–११ का वडाध्यक्ष तिर्थेन्द्र नेउपाने, प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइराला, महासंघका महानगर इन्चार्ज पर्वतराज निरौला मदन भण्डारी स्पोर्ट्स एकेडेमी महानगर अध्यक्ष विज्ञान शर्मालगायतकाले नव निर्वाचितहरुलाई शुभकामना दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर