animated ellipse animated ellipse

मोरङ प्रहरीलाई सफलता स् लखेटेर १५५ केजी गाँजासहित दुई कारोबारी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०८१, बुधबार २०:०७
216
Shares
विराटनगर / इलाका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

गोप्य सुचनाको आधारमा प्रहरीले मोरङको जहदा गाउँपालिकाको सीमावत्र्ती क्षेत्रदेखिले गाँजा बोक्ने स्कारपियोसँगै दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेको १५५ केजी गाँजा सहित पक्राउ परेका दुई जनालाई कारोबारीलाई बुधबार मोरङ प्रहरीले सार्वजानिक गरेको छ ।

गाँजासहित पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका १२ का २४ वर्षीय राहुल बिश्वकर्मा र धनकुटा सहिदभुमी गाँउपालिका वडा नं। ६ बस्ने वर्ष १९ का सुरज राई रहेका छन् । राहुल चालक हुन् भने गाँजा ल्याउने सुरज स्कारपियोमा सवार रहेका थिए । उनीहरुले सीमात्र्ती क्षेत्रसम्म पुर्याउने र त्यसपछि भरीयामार्फत भारत तस्करी गर्ने क्रममा प्रहरीले गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘हामीसँग गाँजा भारत तस्करी हुने गरेको गोप्य सूचना आएको थियो । त्यसपछि हामीले चेकजाँचलाई कडाइ बनायौं । मंगलबार राती ११ः१५ बजेको समयमा भारत तस्करी हुन लागेको गाँजा बरामद गर्न सफल भयौं,’ डिएसपी जोशीले भने ।

डिएसपी र प्रहरी निरीक्षक थापाको कमाण्डले समात्यो गाँजा भारत तस्करी हुन लागेको जानकारी आएपछि इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डको टोली परिचालन भयो ।

सुनसरीको धरानबाट बिराटनगरतर्फ को १ च ९५८२ नं. को स्कार्पियो लाग्यो । त्यसपछि प्रहरी टोली अलर्ट भयो । विराटनगर महानगरपालिका वडा नं। १८ भट्टाचोक झटिमाई स्थितमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिन खोजी स्कारपीया जहदा तिर लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशी र इप्रका रानीका प्रहरी निरीक्षक थापाको कमाण्डमा खटिएको टोलीले खोजतलाश गर्ने क्रममा जहदा गाँउपालिका वडा नं। १ धुनी टोलबाट स्कारपियो गाडिलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । उक्त गाडी चेकजाँच गर्दा गाडिको पछाडी सिटमा प्लास्टिकमा प्याकिङ गरी बोरामा हाली लादै गरेको अबस्थामा १ सय ५५ केजी गाँजा बरामद गरेको डिएसपी जोशीले बताए ।

बरामद गरेको गाँजा धनकुटाबाट ल्याएको
बताइएको छ । यो गाँजा भारत पुर्याउँदा प्रतिकेजी १५ देखि २० हजार रुपैयाँ केजी विक्री हुने गरेको छ । प्रहरीले बरामद गरेको गाँजा भारत पुर्याउँदा गिरोहलाई २० लाख बढी आम्दानी हुने गरेको जानकार बताउँछन् ।

प्रहरीले पक्राउ गरेको प्रतिवादीहरुलाई आज जिल्ला अदालत मोरङबाट लागूऔषध ९नियन्त्रण० ऐन २०३३ अनुसार लागूऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर