प्राकृतिक स्रोतको दोहन गर्ने सवारी साधन नियन्त्रणमा

खबर पूर्वाञ्चल, २० असार २०७९, सोमबार १५:१८
243
Shares
विराटनगर/ मोरङको खोलाहरूमा प्राकृतिक स्रोत–साधनमाथि चरम दोहन गरेको ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङका विभिन्न खोलाहरूमा नदीजन्य पदार्थ, ढुंगा, गिट्टीको चरम दोहन हुने गरेको भेटिएपछि प्रहरीले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो ।

विशेषगरि केराबारी गाउँपालिका ८ स्थित खदम, मुगु खोला, सुन्दरहरैचान नगरपालिका ५ स्थित बुढी खोला र बेलबारी २ स्थित लोहन्द्रा खोलामा अवैध रुपमा गिटी बालुवाको उत्खनन हुने गरेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्राकृतिक दोहनमा संलग्न भएको ९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्राकृतिक स्रोत दोहनमा संलग्न भएको एउटा जेसिभिसहित ९ वटा सवारी साधन रहेको छ । प्रहरीले असोक कटुवालले चलाएको १ को १ ख ५८६२ न. को टिफर, केराबारी गाउँपालिका १० का २२ वर्षिय राज लिम्बुले चलाएको को १ ख १४९१ न. को जेसिभिए, सुनसरी खनारका ४२ वर्षिय रजयराम उराउले चलाएको १ ख ७२५१ नं. को टिफर, इटहरी ११ का ३२ वर्षिय अनिल चौधरीले चलाएको ना ८ ख ४२६७ टिफर प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरि सुन्दरहरैचा १० का दिनेस उराउले चलाएको प्र १–०२–००१ ख ९३८७ टिफर, काशीनाथ ऋषिदेवले चलाएको को १ त ६८६४ ट्रायाक्टर, उज्जवल पौडेले चलाएको को २ त ५५६४ नं. ट्याक्टर र सम्भु मग्रातीले चलाएको प्र१–०२–००३ त १४०१ ट्रायाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन आवश्यक कारवाहीको लागि स्थानिय तहलाई बुझाएको छ ।

मोरङका नदीजन्य पदार्थ ढुंगा, गिट्टीको चोरी–निकासी बढेर गएको पाइएको छ । त्यसैगरी, पहाडी जिल्लाहरूमा पनि ढुंगा, गिट्टीका अतिरिक्त वनमा समेत चोरी–तस्करी बढेको पाइएको हो । तीन तहका सरकारबीच समन्वय नहुँदा अनुगमनलगायत काम प्रभावकारी हुन सकेका छैनन् । जसले गर्दा करोडौँको राजस्वसमेत गुेमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५