खबर पूर्वाञ्चल
अन्तिम खेलमा विजयी सँगै ३ खेलको २०–२० क्रिकेटमा राजविराजले विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ । सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमो राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरि ३ खेलको सिरिज २–१ ले गुमाएको हो । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९९ रनमा सिमित भयो । विराटनगरकालागि रानु राजवंशीले २२ रन बनाउँदा काजल राजवंशीले १० रनको योगदान दिइन् । राजविराजकी सुस्मिता यादवले २ विकेट लिँदा अपेक्षा यादव, दिपा राम र साक्षी यादवले १–१ विकेट लिइन् ।
१ सय रनको विजयी लक्ष्य पछ्याएको राजविराजले १७ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । राजविराजकी प्लेयर अफ म्याच साक्षी यादवले ५४ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाउँदा बन्दना यादवले अविजित ८ रनको योगदान दिइन् । विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन् ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित हुँदा उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव भइन् ।
विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेश क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद सादबावु कुरैसीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
तपाईको प्रतिक्रिया