AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा राज्य भोज कार्यक्रमको आयोजना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०८०, शुक्रबार १७:१५
1.34k
Shares
विराटनगर / होटेल मेनेजमेन्टमा उत्कृष्ट नतिजा ल्याउन सफल विराटनगर–९ मा रहेको एम्स कलेजले राज्य भोज कार्यक्रमको आयोजना गरेको छ ।

एम्समा विएचएमका चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले कलेजमा सिकेका कुरालाई व्यवहारमा उतार्दै े राज्य भोज कार्यक्रमको आयोजना गरेको हो ।

कोशी प्रदेशमा विएचएममा उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजले आगामी दिनमा समय सापेक्ष ढंगबाट गुणस्तरिय शिक्षा दिनलाई प्रतिवद्ध रहित आम अभिभावक र विद्यार्थीहरुलाई विस्वस्त रहन कलेजका एकाडेमी काउन्सिलर इन्द्र घिमिरेले बताए ।

कार्यक्रममा कलेजका अध्यक्ष तुलसी पोखरेल, सेन्टर डिपार्टमेन्ट अफ मेनेजमेन्टका प्रोफेसर डा. रामजी गौतम, उप– प्रशासक मेनेजमेन्ट डिपार्टमेन्टका डम्वरकुमार देव, कलेजका क्याम्पस प्रमुख राकेश भट्ट, विएचएमका को–अर्डिनेटर सुरेन्द्र मण्डललगायत विराटनरका प्सल टुमा होटेल मेनेजमेन्ट सञ्चालन गरेका कलेजका सञ्चालक तथा शिक्षकहरुले विद्यार्थी पकाएको नेपालीलगायतका खानेकुरा स्वाद लिँदै अवलोक गरेर सहभागि विद्यार्थीको हौसला प्रदान गरेका थिए । कलेजमा विएचएमको चौथो सेमेस्टरमा २७ जना विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ ।

सोहि अवसरमा विद्यार्थीले उपस्थित अतिथिहरुलाई गित तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर