animated ellipse animated ellipse

राष्ट्रिय सहकारी दिवस विराटनगरमा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०८०, आईतवार १८:३१
36
Shares
विराटनगर / ६७औं राष्ट्रिय सहकारी दिवस मोरङ जिल्लाका सहकारी संघ संस्थाले विराटनगरमा गर्ने निर्णय गरेका छन् ।
जिल्ला सहकारी संघ लि. मोरङको संयोजनामो विभिन्न विषयगत सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, सहकारी कर्मचारी संगठन सहितको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डा. डिल्ली पोख्रेलको संयोजकत्वमा संघका पदाधिकारी तथा संचालकहरु, सबै विषयगत सहकारी संघका पदाधिकारी तथा संचालकहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी तथा संचालकहरु, राष्ट्रिय सहकारी बैंककाकर्मचारीहरु, अग्रज सहकारी कर्मीहरुसहित ५०१ सदस्यीयमूल समारोह समिति गठन गरेको छ । त्यसैगरी कामलाई थप व्यवस्थित गर्नका लागि पोख्रेलकै संयोजकत्वमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोइराला, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रविन्द्र आचार्य, जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष माधव अधिकारी, उपभोक्ता संघका अध्यक्ष माधव अत्री, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धकहरु, सहकारी कर्मचारी संगठनका अध्यक्ष गणेश राई, चक्र खड्कासमेत रहेको २५ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले मूल कार्यक्रम अन्तर्गत चैत्र १६ गते साढे ३ बजे एकै समयमा मोरङको विराटनगर, रंगेली, उर्लाबारी, पथरी÷शनिश्चरे, सुन्दर हरैचा, बेलबारी र लेटाङमा मोटर साईकल ¥यालीनिकाल्ने र चैत्र १९ गते साँझ ६ बजे १७ वटै पालिकाका मूख्य स्थानमा दिपावली गर्ने निर्णय गरेको छ । त्यसैगरी चैत्र १४ गतेदेखि चैत्र १९ गतेसम्म सबै प्रारम्भीक सहकारी संस्थाहरुलाई कुनै न कुनै कार्यक्रम गर्न निर्देशन समेत दिएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका सह–सचिव एवं मूल समारोह समितिका सदस्य युवराज दाहालका अनुसार चैत्र २० गते हजारौंको संख्यामा विराटनगरमा सहकारीकर्मीहरुको उपस्थिति रहने छ । उनका अनुसार उक्त दिन जिल्ला भरीका सबै प्रारम्भीक सहकारी संस्थाहरुबाट आ–आनो संस्थाको ब्यानरमा उल्लेख्य संख्यामा सहकारीकर्मीहरुको उपस्थिति रहने छ । सहकारी क्षेत्र प्रति नकारात्मक प्रचार भईरहेको बर्तमान समयमा कार्यक्रमले सहकारी प्रति जनमानसको आकर्षण र विश्वासलाई उजागर गर्ने कुरा जिल्ला कृषि सहकारी संघ लि. का अध्यक्ष एवं व्यवस्थापन समितिका सदस्य रविन्द्र आचार्यकोे भनाई छ ।
नेपालमा हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवसको रुपमा मनाईदै आईएको छ । वि.सं. २०१३ साल चैत्र २० गते पहिलो सहकारी संस्था नेपालमा स्थापना भएको उपलक्ष्यमा देशभर उक्त दिन यो दिवस मनाउन शुरु गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर