RUMPUM
animated ellipse animated ellipse

लागूऔषध ब्राउन सुगरको कारोबारको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०७९, बुधबार १८:१०
153
Shares
विराटनगर / विराटनगरबाट लागूऔषध ब्राउन सुगरको कारोबारको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

ब्राउन सुगर सहित पक्राउ परेका विराटनगर–१५ का २० वर्षीय नजाम खानले विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवको नाम लिएपछि यादव पक्राउ परेका हुन् ।
पक्राउ परेका हवल्दार यादवले खानलाई भारतको जोगवनीबाट नेपालतर्फ खैरो हेरोइन ल्याउन भरियाको प्रयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले बुधबार दिउँसो ३ः२० बजेतिर विराटनगर–१३ झमेली चोकबाट खानलाई पक्राउ गरेको हो । खानतलासी गर्दा खानको साथबाट १ सय २० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।

प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार सोधपुछका क्रममा खानले उक्त लागूऔषध प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट ल्याउन लगाएको बताए । लगत्तै यादवलाई प्रक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको जानकारी उनले दिए ।

खान र यादवविरुद्ध इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान प्रकृया अघि बढाएको छ । लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन दुवै जनाविरुद्ध आज अदालतबाट म्याद थप गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर