मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीवीच कार्य सम्पादन सम्झौता

खबर पूर्वाञ्चल, १९ श्रावण २०७८, मंगलवार १९:००

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईवीच आज कार्र्य सम्पादन सम्झौता भएको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकावीच उनीहरुवीच कार्यसम्पादन सम्झौता भएको हो ।

प्रदेश १ सरकारको काम कारवाहीलाई पारदर्शी, नतिजामुलक एवं उपलब्धिमा आधारित बनाउन ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा, प्रदेश सरकारको प्रथम आवधिक योजना उल्लेखित ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालिन सोच प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को नियम ६ बमोजिम कार्य जिम्मेवारी पुरा गर्न, विभागिय मन्त्रीका रुपमा कामको फस्र्यौट गर्न र प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मासाथ गर्दै मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री राईवीच कार्र्य सम्पादन सम्झौता भएको हो ।

सम्झौता अनुसार सामाजिक विकास मन्त्री राईले नेपालको संविधान अनुसूची ६, ७ र ९ र प्रदेश सरकार नियमावली २०७४ को नियम ५ सँग सम्वन्धित विषय संख्या ५ बमोजिम कार्ययोजना बनाई कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

कार्यसम्पादन सम्झौता अनुसार मुख्यमन्त्री राईबाट नियमित अनुगमन तथा मन्त्रालय स्तरिय समस्या समाधान समितिमा समीक्षा हुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५