animated ellipse animated ellipse

सामाजिक उत्तरदायित्व बहन गर्दै मेरिल्याण्ड कलेज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ श्रावण २०७७, आईतवार १९:१६
3
Shares
विराटनगर / विराटनगरमा कोरोनको संक्रमण बढेको अवस्थामा फ्रन्टलाइनमा कोरोना विरुद्ध काम गरिरहेका प्रहरी तथा स्वास्थ्यकर्मीहरुको लागि इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा विराटनगरमा संचालनमा रहेको मेरिल्याण्ड कलेजले फेस सिल्ड सहयोग गरेको छ ।

कलेजले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश पोद्धारलाई फेस सिल्ड सहयोग गरेको छ । कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्ले ,विजनेस डेभलपमेन्ट प्रमुख विवेक दाहालले उक्त फेस सिल्ड हस्तान्तरण गरेका थिए ।

यस्तै कलेजले विराटनगर तथा मोरङ जिल्लाका विभिन्न स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई समेत फेस सिल्ड वितरण गरेको दाहालले जानकारी दिए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर , हेराल्ड कलेज काठमाडौँ, इस्लिंग्टन कलेज काठमाडौँ, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर