पूर्वाञ्चल खबर
विराटनगरस्थित सहिद रंगशालमा आज भएका खेलमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन राना र प्रदीप राजवंशीले समान ४–४ गोल, सुमितकुमार कामीले २ गोल र राजेन्द्र कार्कीले १ गोल टोलीका लागि गरे । खेलको म्यान अफ द म्याच सेनाका प्रदीप राजवंशी घोषित भए ।
दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलअन्तरमा पराजित गरेको छ । सुदूरपश्चिमका महेश नेपालीले ३ गोल, सुरेशप्रसाद जोशीले २ गोल, केशव जोशी र दीपकराज जोशीले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको एक मात्र सान्तवना गोल मधेस प्रदेशका रञ्जन महतोले गरे । खेलको म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका गणेश खगुना भए ।
त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ४–१ गोल अन्तरमा पराजित गरेको छ । लुम्बिनीका लागि सुरजकुमार घर्तीले २ गोल, योगेशकुमार बाँधारे र अद्नान अन्सारीले समान १–१ गोल गरे । प्रदेश १ का लागि एक मात्र सान्तवना गोल नरेश थापा मगरले गरेका थिए । खेलको म्याद द म्याद म्याच लुम्बिनी प्रदेशका सलमान शेख भए ।
नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान २–२ खेल जित्दै ६–६ अंकका साथ अगाडि रहेका छन् भने प्रदेश १ र बागमती प्रदेशको ३–३ अंक रहेको छ ।