खबर पूर्वाञ्चल
पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री वितरण सुरु गरेको हो ।
गाउँपालिकाले पाँच वटा वडाका २२० घरपरिवारलाई पोषण सामाग्री वितरण गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । बालवालिकाहरुमा कुपोषण हुन नदिनको लागि गर्भपती र सुत्केरी महिलाहरुलाई पोषण वितरण गरिएको उनले बताए ।
पोषण सामाग्रीमा फिल्टर, डस्बिन, खाद्य सामाग्री र तरकारी वितरण गरिन्छ । खाद्य सामाग्रीहरुमा पाँच केजी चामल, आटा, भटमास, जुस, पाँच सय ग्राम घ्यूलगायतका समाग्रीहरु पर्दछन् । पोषणा झोला मात्रै २ हजार पाँच सय र समग्रमा ७ हजार ५ सय मूल्य बराबरको सामाग्री एक जनालाई वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
कटहरी गाउँपालिका २ कदमटोलिमा ३३ घर परिवारलाई पोषण सामाग्री वितरण गरिएको छ । ‘पालिका भित्रका बालवालिकाहरुमा कुपोषण हुन नदिन हामीले यो कार्यक्रम सुरू गरिएको हो,’ अहिले कटहरी गाउँपालिकाको पाँच वटा वडामा सुरु भएको छ । विस्तारै सबैतिर हुनेछ ।’ अहिलेसम्म दुई सय बढी घरपरिवारहरुलाई पोषण सामाग्री वितरण गरिएको उनले बताए ।
कटहरी गाउँपालिका भित्र गत आर्थिक वर्षमा ५२२ सय जना बालबालिकामा कुपोषण देखिएको थियो । अहिले घढेर ४०० सयमा आएको कटहरी गाउँपालिका स्वास्थ्य शाखाका पोषण संयोजक रक्की राजवंशीले जानकारी दिए । अहिले पोषण कार्यक्रम कटहरीको २, ३, ४, ५ र ६ नम्बर वडाभित्र सुरु भएको छ ।
पोषण कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सिता देवी राजबंशी, कटहरी २ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद राजबंशीलगायतको उपस्तिथी रहेको थियो ।
तपाईको प्रतिक्रिया