पूर्वाञ्चल खबर
विराटनगर–८ का ३४ वर्षीय नवल यादव र विराटनगर–११ २४ वर्षीय अभिषेक साहले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घटनामा सम्लग्न नभएका मोरङ क्षेत्र नं. ६ (२) बाट एमालेका उम्मेदवार पर्शुराम बस्नेतको नाम समाचारमा आएकोमा आपत्ति जनाएका हुन् ।
विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामासंगको आफ्नो लेनदेनको कारोबारमा घटनामा असम्लग्न व्यत्तिको नाम जोडिरेर विभिन्न मिडियामा आएको भन्दै उनीहरुले सत्य तथ्य समाचार लेख्न आग्रह गरेका छन् ।
फेसबुकको टाइमलाइनमा उनीहरुले लेखेका छन् ः
‘घटनाको अतिरञ्जना र यथार्थः
२०७९।०७।०५ मा विभिन्न मिडियामा प्रकाशित समाचार प्रति हाम्रो गम्भीर आपत्ति छ । हाम्रो र किरण लामा बिचको घटना सही हो । तर यो घटनासंग सरकार नभएका प्रतिष्ठित समाजिक र राजनीतिक व्यत्तित्व श्री पर्शुराम बस्नेतलाई जोडेर प्रकाशित समाचार कपोलकल्पित र भ्रम छर्ने मात्र हो । मङ्सिर ४ मा हुन गइरहेको आम निर्वाचनमा मोरङ ६ ‘ख’बाट चुनावी मैदानमा होमिएका बेला पर्शुराम दाईको बदनाम गराउने सुनियोजितः षडयन्त्रको हामी घोर भत्र्सना गर्दछौं ।
पीडितः
१. नवल यादव
२. अभिषेक साह’