विराटनगरमा ४६९६१ मत गणना हुँदा मेयरमा नागेशले ३६३२ र उपमेयरमा शिल्पाले ५१५९ मतको अग्रता

खबर पूर्वाञ्चल, ४ जेष्ठ २०७९, बुधबार १६:१२
2.07k
Shares
विराटनगर / विराटनगर महानगरपालिकामा मेयरमा काँग्रेस र उपमेयरमा एमाले उम्मेदवारको अग्रता थप फराकिलो बनाउँदे लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार ४६९६१ मत गणना हुँदा मेयरमा काँग्रेसका नागेश कोइरालाले एमालेका सागर थापाको मत भन्दा ३६३२ मत बढी ल्याएका छनु । कोइरालले १४९४४ मत ल्याए भने थापाले ११३१२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले ४६८२ र राप्रपाका प्रल्हाद साहले ३०२७ मत प्राप्त गरेका छन् ।

महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले जसपाका अध्यक्ष उजेन्द्र यादवको छोरा अमरेन्द्र यादवको भन्दा ५१५९ मतको अग्रता दिएकी छिन् । कार्कीले १२९२७ मत ल्याउँदा अमरेन्द्रले ७७६८ मत ल्याए । यस्तै राप्रपाका विन्दा लुइटेलले ३६९९ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २७०४ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५