animated ellipse animated ellipse

आचार्य प्रदेश १ का मुख्यमन्त्रीमा नियुक्त, नेपाल पक्षका ७ जनालाई एमालेमै राख्न सफल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० भाद्र २०७८, बिहीबार १३:४७
3.4k
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री नेकपा एमाका सचिव भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

आचार्यले आजै मुख्यमन्त्रीको सपथ ग्रहण समेत गरे । उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सपथ खुवाएका हुन् । मुख्यमन्त्री तथा संसदीय दलको नेताबाट निवर्तमान मुख्यमन्त्री शेरधन राईले आज राजिनामा दिएपछि आचार्यलाई संसदीय दलको नेता बनाएको थियो । लगत्तै बहुमत प्राप्त दलको हैसियतबाट उनले प्रदेश १ को मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

नेपाल पक्षका ७ जनालाई एमालेमै राख्न सफल
प्रदेश १ का मुख्यमन्त्री आचार्यले एमाले माधव पक्षका सात जना सांसदलाई आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । एमाले विभाजनपछि आचार्यले सात जना सांसदलाई आफ्नो पक्षमा ल्याएका हन् । उनी पनि माधव पक्षकै नेता हुन् । तर पार्टी विभाजन हुँदा नेपालको साथ छाडेका आचार्यले मुख्मन्त्री सपथग्रहण गर्दा आफू बाहेक सात जना सांसदलाई एमालेमै राखेका हन् ।

आज एमाले संसदीय दलको नेता चयन भएलगतै प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथग्रहण गरेका आचार्यले माधव पक्षका प्रदेश सांसद जीवन घिमिरे, बलबहादुर साम्सुहाङ, लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, लछुमन तिवारी, सावित्री जोशी र होमकुमारी सावालाई एमालेमै राख्न सफल भएका हुन् ।

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईका अनुसार माधव पक्षमा १८ जना सांसद थिए । ती मध्ये ८ जना एमालेमै बसेका छन् ।

एमालेमा रहेकाहरुलाई मन्त्री बनाउने आश्वासन दिइएको छ । मन्त्री बन्ने आश्वासन दिएपनि आचार्यले सपथग्रहण गर्दा मन्त्रीमण्डल विस्तार गरेनन् ।

एमाले नेता तथा निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आजै बेलुकासम्म मन्त्रीमण्डल विस्तार गर्ने सम्भावना रहेको बताए । आकांक्षी धेरै देखिएका कारण आचार्यले आफूसँगै मन्त्रीमण्डल विस्तार नगरेका हुन् । उनले आवश्यकता अनुसार छरितो मन्त्रीमण्डल विस्तार गर्ने बताए ।

नवनियुक्त मुख्यमन्त्री आचार्यले प्रदेशसभामा एमालेकै बहुमत कायम रहने बताए । शपथग्रहणपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका आचार्यले भने ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं आफ्नै बहुमत पनि र्पुयाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर