AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पार्टीभित्र अझै ठूला अन्तरविरोध आउने प्रचण्डको दाबी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०८२, बिहीबार २२:०६
45
Shares
विराटनगर /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र अझै ठूला र डरलाग्दा अन्तरविरोध सिर्जना हुने दाबी गरेका छन्।

विराटनगरमा आज बसेको पार्टीको कोशी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्ग संघर्ष जारी रहुञ्जेल पार्टीभित्रको अन्तरसंघर्ष अन्त्य नहुने स्पष्ट पारेका हुन्।

नेता जनार्दन शर्मा प्रभाकरसँग देखिएको विवादबारे प्रश्न उठेपछि प्रचण्डले जवाफ फर्काउँदै भने, ‘जबसम्म धनी–गरिब रहिराख्छन्, जबसम्म समाजमा वर्ग संघर्ष रहन्छ, तबसम्म पार्टीभित्र पनि अन्तर्विरोध चलिरहन्छ। अहिले देखिएको विवाद हल हुन्छ, तर यसपछि अझै ठूलो र डरलाग्दो अन्तर्विरोध आउँछ।’

प्रचण्डले आफूले जीवनमा दसपटक ठूला संघर्ष व्यहोरेको सुनाए। जनयुद्धकालीन विभाजनदेखि ुधोबिघाट प्रकरणुसम्मका घटनालाई स्मरण गर्दै उनले फेरि पार्टीलाई एकताबद्ध गर्न सफल भएकोमा गर्व व्यक्त गरे।

उनले बाबुराम भट्टराई, मातृका यादव, गंगा श्रेष्ठलगायत नेताहरू पार्टी फुटाएर गएका तर अहिले पुनः एकताको पक्षमा फर्किँदै गरेको दाबी गरे। प्रचण्डले कोशी प्रदेशको नामकरणमा माओवादीकै कमजोरी भएको स्वीकार गरे। उनले भने, ‘कोशी प्रदेशको नाम दुई तिहाइले पारित भएकाले मान्न बाध्य छौं। तर हाम्रो मत यो होइन। आगामी निर्वाचनमा दुई तिहाइ लिएर किरात, लिम्बुवान वा कोच नाम ल्याउन पहल गर्नुपर्छ।’

प्रचण्डले नेपालमा फेरि नयाँ वामपन्थी ध्रुवीकरण हुने संकेत गरे। उनका अनुसार समाजवादी मोर्चा र बाहिर रहेका तीन–चार वामपन्थी पार्टीलाई एउटै ध्रुवीकरणमा ल्याउने छलफल भइरहेको छ। ‘एकता भयो भने एमालेभित्र ठूलो पहिरो आउँछ,’ उनले दाबी गरे।

बैठकमा प्रदेश समिति सचिवालयका ३० जना र १० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूमा रञ्जित तामाङ, रामकुमार राई, कुशल लिम्बूलगायत थिए भने प्रदेश सचिवालय सदस्यहरूमा विवेक गौतम, गरिमा भट्टराई, असीम राई, सीपी कडरिया, श्रावण राय, सिता कडरिया, ओके दाहाल, राजन किराँतीलगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर