RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ३ दिने प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ पुष २०७९, सोमबार १८:२२
117
Shares
विराटनगर/ विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम अन्तरगत ३ दिने प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

विराटनगरको पाञ्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेद विद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण संगै प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण शुरु भएको हो ।

आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् ।
गत पुष १० गतेदेखि शुरु भएको यो तालिम पुष २१ गते सम्म चल्ने लक्ष्मीनारायण मन्दिरका पिठाधिस अच्युत प्रपन्नाचार्यले जानकारी दिए । अवका तीन दिन प्राज्ञहरुको तालिम रहेको उनको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै डा. कोइरालाले नेपाली भाषाको पनि मात्रृ भाषाका रुपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्वका साथ हेरिनु पर्ने औल्याएका छन् । संस्कृत भाषा र यसका ध्वनीका विषयमा बैज्ञानिकहरुले समेत खोज गरिरहेकाले यसको औचित्य समेत पुष्टि हुदै गएको बताए । गूरुकुललाई स्तर उन्नती गर्न र संस्कृत विषयमा थप रिसर्च गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका केन्दीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएको र यसका विषयमा आवाज उठाउने बताए । उनले संस्कृत शिक्षाको श्रीबृद्धीका लागि पहलकदमी काम गर्ने बताए ।
विराटनगर महानगरका मेयर नागेश कोइरालाले धर्म,संस्कृति संरक्षणमा लाग्ने र लगाउने काममा सवैजना सचेत र सक्रिय रहनु पर्ने बताए । धर्म,संस्कृति र सभ्यता हाम्रा मुख्य मर्मका विषय भएको भन्दै सचेतना कार्यक्रमको समेत आबश्यकता रहेको औल्याए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव प्राध्यापक माधब अधिकारी ,भारतीय शिक्षण मण्डलका दीपक कोइराला लगायतले नेपाली राष्ट्रिय भाषा र संस्कृतिको जगेर्नाका साथै संस्कृत भाषाको संरक्षणका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर