AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले महाधिवेशन : मोरङका तीन क्षेत्रको मतगणनामा ओली र पोखरेल समूह बराबरी विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०८२, आईतवार ०५:२९
567
Shares
Oplus_131072

विराटनगर / नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङमा शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

प्रतिनिधिसभाका ६ र एक दलित गरि ७ वटा निर्वाचन क्षेत्र मध्ये मोरङ २, ३ र दलित क्षेत्रको मतगणना जारी छ । निर्वाचन परिणाम घोषणा भएका तीन क्षेत्रमा एकमा केपी ओली समूह र क्षेत्र नं. ६ इश्वर पोखरेल समूहको प्यानल नै निर्वाचित भएका छन् ।

क्षेत्र नं. ४ बाट ६ प्रतिनिधि मध्ये ५ ओली र एक पोखरेल समूहका निर्वाचित भएका छन् । मत गणना जारी भएका क्षेत्रमा दुवै समूहले अग्रता कायम गरिरहेको नेताहरुले बताएका छन् । प्रतिनिधि चयनका लागि ओली र पोखरेल समूहलेले प्रतिष्पर्धा गरेको थियो ।

निर्वाचन समितिका अनुसार मोरङ १ बाट डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्वु, उर्गेन तामाङ, शान्तिकुमारी लिम्वु, मेनु पाण्डे र सरला राई निर्बाचित भएका छन् ।

क्षेत्र नं. ४ बाट नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, महेशप्रसाद भट्टराई, विमला घिमिरे, गुणावती देवी थारु र राम पोखरेल निर्वाचित भए भने क्षेत्र नं. ६ बाट रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भए।

४६ प्रतिनिधि मध्ये ३८ प्रतिनिधि चयनका लागि मतदान भएको थियो । ८ प्रतिनिधि यसअघिनै निर्विरोध निर्वाचित भएका थिए ।

मतदान भएका र निर्विरोध गरि अहिले सम्म ३० महाधिवेशन प्रतिनिधि चयन भईसकेका छन् । चयन भएका ३० मा दुवै समूहका १५–१५ जना रहेका छन् ।

क्षेत्र नं. ४ बाट निर्वाचित गुणावती देवी थारुको नाम दुवै समूहमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर