खबर पूर्वाञ्चल
प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निमार्ण गर्न लागेको छ । कोल्ड स्टोर निमार्ण गर्नको लागि परियोजना इकाइ र कटहरी गाउँपालिकाबीच बिहीबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा पहिलो पक्षबाट परियोजना कार्यान्वय इकाका प्रमुख मनोज कुमार यादव र दोस्रो पक्षको तर्फबाट कटहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साहले हस्ताक्षर गरेका छन् ।
कोल्ड स्टोर निमार्णको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहर्ने सहमति भएको छ । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ व्यहोर्नुपर्ने सम्झौतामा उल्लेखछ ।
कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर नजाउने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकले उत्पादन गरेको कृषी उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन हुनेछ,’ अध्यक्ष चौधरीले भने, ‘निमार्ण सुरू भएको ढिलोमा दुई महिना भित्रमा पुरा भएर संचालनमा ल्याउन लागि पर्नेछौं ।’
परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषी जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको बस्तु विक्री वितरण गर्नको लागि कोल्ड स्टोर निमार्णको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो । त्यसपछि उपयुक्त स्थान कटहरीको फलफूल तथा तरकारी थोक बजार भित्र उपयुक्त भएपछि त्रिपक्षीय सम्झौता गरिएको इकाइ प्रमुख मनोज कुमार यादवले बताए ।
१५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा तीन वटा कोठा हुनेछ । ५ टन क्षमताको तीन वटा कोठा रहनेछ । प्रविधिमा आधरित निमार्ण हुने कोल्ड स्टोर कृषक र व्यवसायिक प्रयोजनको लागि भाडामा लइनेछ । ‘कृषकहरूले कृषीजन्य उत्पादन एक हप्तासम्म भण्डारण गरिएको शुल्क लाग्नेछैन । त्यसपछि उचित शुल्क लाग्नेछ । अन्य उत्पादक उद्यमी व्यवसायीहरुको सामाग्रीहरु भण्डारण गर्दा नियमानुसार शुल्क लिई सेवा दिइनेछ,’ इकाइ प्रमुख यादवले भने, ‘कोल्ड स्टोर निमार्ण भएपछि कार्यविधी बनाएर काम गरिनेछ ।’
कृषक र व्यवसायिक प्रयोजनको लागि कोल्ड स्टोरको माग बढदै गएमा थप विस्तार गरिने उनले बताए । ‘माग वृद्धि हुँदै गए आगमी आर्थिक वर्षहरूमा भण्डारण क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया