AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको कान्तिपुर कलेजमा ‘साइनिङ स्टार’ को अडिसन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०८१, शुक्रबार १६:३६
387
Shares
विराटनगर / मोरङको विराटनगर महानगरपालिका १० मेनरोडमा अवस्थित कान्तिपुर कलेजमा साइनिङ स्टार नामक नृत्य प्रतियोगिता सुरु भएको छ ।

कलेजका विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आजदेखि ‘कान्तिपुर साइनिङ स्टार–२०८१’ नामक प्रतियोगिता थालिएको हो ।

कलेजले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टका विद्यार्थीहरूको अडिसन लिएको थियो ।

एक छात्र र ३९ छात्रा गरी जम्मा ४० प्रतियोगीहरूले आधुनिक, पारम्परिक तथा फ्युजन नृत्य प्रस्तुत गरेका थिए ।

अडिसनमा निर्णायकका रूपमा रहेका रोशन घिमिरे, मनिषा सुनुवार र नविना श्रेष्ठले फाइनलका लागि १५ जनालाई छनोट गरेका छन् ।

फाइनलमा पुगेकाहरूले आगामी साता उपाधिका लागि नृत्य गर्ने कलेजका प्रिन्सिपल भेषराज नेपाल ‘भुवन’ ले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सघाउ पुर्‍याउने यस प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारबाट पुरस्कृत गरिने छ ।

२०७२ सालमा स्थापना भएको कलेजले पठनपाठनका अलाबा अतिरिक्त क्रियाकलापमा पनि अब्बलता प्रस्तुत गरिरहेको उनले बताए ।

प्रतियोगिताको फाइनल चरणमा स्नेहा भण्डारी, निकिता भुजेल, अवन्ता बास्तोला, मोनिका मगर, इश्मा तामाङ, श्वेता भगत, कोस्टिका भुजेल, एन्जल साह, रोहिनी साह, राधिका कामत, अविशा लिम्बु, कल्पना साह, अस्मिता राई, रानी महासेठ र अस्मिता राजवंशी रहेका छन् ।

कार्यक्रममा बोल्दै कान्तिपुर कलेजका भाइस प्रिन्सिपल देवीलाल महतोले यस नृत्य प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर