हिस्टुन मोरङको अध्यक्षमा तुलसी खतिवडा

खबर पूर्वाञ्चल, २२ श्रावण २०७९, आईतवार १९:२०
252
Shares
विराटनगर / माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन मोरङको अध्यक्षमा तुलसी खतिवडा निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले अध्यक्षमा खतिवडालाई निर्वाचित गरेको हो । खतिवडाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको छ ।साविक उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा कार्यरत शिक्षकहरूको पेशागत संगठन हिस्टुनको सम्पन्न पाँचौ जिल्ला सम्मेलनबाट गठित समितिको उपाध्यक्षमा मनिराज लिम्बू, पर्मिला पोखरेल, सचिव अर्जुन दाहाल, सहसचिव होमप्रसाद न्यौपाने र कोषाध्यक्षमा रमेश भट्टराई चयन
भएका छन् । भने सदस्यहरुमा लक्ष्मी ढुंगेल, शम्भु पोखरेल, सौरभ खत्री, जीवन श्रेष्ठ, उमेश राजवंशी लगायत छन् ।

नवनिर्वाचित समितिलाई हिस्टुनका केन्द्रीय सह अध्यक्ष योगेन्द्र बस्नेतले पद तथा गोपनियताको सपथग्रहण गराउँदै माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरूको हकहित तथा व्यवस्थापनमा संगठन मन, वचन र कर्मले लाग्न निर्देशन दिए । सो अवसरमा हिस्टुनका महासचिव टीका न्यौपानेले केन्द्रीय माध्यमिक तहमा कार्यरत शिक्षकहरूको स्थायित्वका लागि केन्द्रीय तहबाटनै विभिन्न अन्तरक्रिया, संवाद गर्दै आन्दोलनका कार्यक्रमहरू तय गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५