खबर पूर्वाञ्चल
एमाले मोरङको जनसंगठन समन्वय संयन्त्रको आज मोरङको ग्रामथान स्थित नेताचोकमा बसेको बैठकले बाँकी रहेका अधिवेशनहरुलाई फागुन मसान्तसम्म सम्पन्न गरिसक्न निर्देशन गरेको छ । यस्तै यहि माघ २१ गते जनसंगठन सुध्रिढिकरण एक दिवसीय कार्यशाला गर्ने निर्णय बैठकले गरेको छ ।
एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त कार्यशालामा सम्पूर्ण जनसंगठनका जिल्ला पदाधिकारीहरु, पार्टीका जनसंगठनका इन्चार्ज र सहईन्चार्ज, जनसंगठनहरुका केन्द्रीय कमिटीमा रहेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने निर्णय गरेको छ । उक्त कार्यशालामा जनसंगठनका प्रमुखहरुले संगठनको वर्तमान अवस्था, कमिटीमा रहेका सदस्यहरुको सम्पूर्ण नामावली र संगठनको भावी योजनासमेत लिखित रुपमा पेश गर्ने निर्णय गरेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख रविन थापाले बताए।
बैठकमा एमालेका केन्द्रीय सदस्य रामलाद साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, जिल्ला प्रचार विभाग प्रमुख सन्तोष वान्तवालगायत जनसंगठनका प्रमुख तथा इन्चार्जहरुको सहभागिता रहेको थियो । एमालेका २३ वटा जनवर्गीय संगठनहरु कृयाशिल रहेका छन् ।