कक्षा ११ मा उत्कृष्ट हुने विद्यार्थीलाई शिक्षादीप कलेजद्वारा ५० लाखको छात्रवृत्ति

खबर पूर्वाञ्चल, १३ चैत्र २०७७, शुक्रबार १४:१६

विराटनगर / शिक्षादीप कलेज विराटनगरले कक्षा–१२ विज्ञान संकायतर्फ अध्ययनरत विद्यार्थीहरूलाई ५० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरेर कक्षा–१२ मा अध्ययनरत ५ सय ७५ मध्ये २ सय १६ जना विद्यार्थीहरूलाई ५० लाख रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको हो । कलेजमा अध्ययनरत जेहेन्दार मेधावी छात्रहरूलाई १० हजार रूपैयाँदेखि ९५ हजार रूपैयाँसम्मको छात्रवृत्ति प्रदान गरेको छ ।

कलेजको कक्षा–११ र १२ को विज्ञान संकायतर्फ अध्ययनरत ८० प्रतिशतभन्दा माथि अंक ल्याउने १ सय जना विधर्थीहरूलाई नगदसहित सम्मान गरेको छ । कलेजले कक्षा ११ र १२ को तर्फबाट प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ ।

कलेजमा कक्षा १२ तर्फ अध्ययनरत छात्रवृत्ति पाएका विद्यार्थीहरूले वार्षिक शल्क तिरीसकेको अवस्थामा उनीहरूको शुल्क फिर्ता हुने कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । विज्ञान संकायतर्फका कार्यक्रम संयोजक बसन्त बस्नेत, निर्देशक भूपेन्द्र दाहाल, रमेश मण्डल र सोम निरौलाले छात्रवृत्तिसहित उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई फुलको माला लगाएर नगद, प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

शिक्षादीप कलेजले कोभिड–१९ महामारीका कारण विद्यार्थीहरूलाई बस भाडामा २५ प्रतिशत छुट दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५