खबर पूर्वाञ्चल
क्याम्पसन परिसरमा तीन तलाको भवनको आज एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो ।
उक्त आवास गृहसहितको प्रशासनिक भवनको उद्घाटन त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालले गरे ।
तीन तलाको भवनमा पहिलो तलामा कक्षा कोठा, दोस्रो तलामा प्रशासनिक भवन र तेस्रो तलामा क्याम्पस प्रमुखको आवसगृह रहेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतको कोशी प्रदेशको विराटनगरमा रहेको एकमात्र नर्सिङ्ग क्याम्पस हो । यसको स्थापना २०२३ सालमा नेपाल सरकारको अनमी. तालिम केन्द्रको रुपमा भएको हो । २०२९ सालमा त्रि.बि. चिकित्सा शास्त्र अध्ययन संस्थान स्थापना भएपछि त्रि.वि.अन्तरगत कार्यक्रमहरु संचालन भए । विभिन्न समय कालखण्ड पार गर्दै यस क्याम्पसले ५७ वर्ष पुरा गरी सकेको विराटनगर नर्सिङ्ग क्याम्पस प्रमुख मेनुका भण्डारीले जानकारी दिइन् ।
कलेजमा प्रमाण पत्र तह नर्सिङ्ग ४५ जनाअध्ययन गर्छन । ‘जुन २०७६ बाट फेज आउट भएको छ । यो हाम्रो चाहना थिएन, बिश्वबिद्यालयको नम्स अनुसार भएको हो,’ उनले भनिन्, ‘किनकि यो क्याम्पस प्रमाणपत्र नर्सिङ्ग बाट बढी चर्चा पाएको क्याम्पस हो । यसै बर्षबाट क्याम्पसमा बी.एन.एस. तथा बी.एस.सी. ४०–४० कोटामा संचालन भएको छ । जुन हाम्रो लागि ऐतिहाहिक उपलब्धी पनि हो ।’ यस क्यामपसबाट उत्पादित नर्सिङ्ग जनशक्ति स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अब्बल भएर काम गरिरहेको अवस्था रहेको उनले बताए । हाल विराटनगर नर्सिङ्ग क्याम्पस अलुमनाई असोसिएसनको अध्यक्ष प्रध्यापक डा. राम शरण मेहता रहेका छन् ।
क्याम्पसमा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका बिध्यार्थीहरु पढ्ने भएकोले उनीहरुलाई सहुलियतमा होस्टलको व्यवस्था पनि उपलब्ध गराईएको छ । करीब १५० जना विद्यार्थी होस्टलमा रहेका छन् ।
क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायानको प्रमाणपत्र पनि प्राप्त गरेको क्याम्पस प्रमुख भण्डारीले बताइन् । यो प्रमाणपत्र पाउन चार वर्ष समय लागेको उनले बताइन् ।