खबर पूर्वाञ्चल
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगकार सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी अनुसार २ जनाले स्वतन्त्रबाट प्रमुखमा मनोनयन दर्ता गराएका हुन् । एक जनाले सिके राउतको जनमत पार्टीबाट मनोनयन दर्ता गराएका हुन् । प्रमुखमा सिके राउतको नेतृत्व गरेको जनमत पार्टीबाट महानगर समितिका अध्यक्ष अरुणकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिए । उनले हिजो मात्रै पार्टी परित्याग गरि स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका थिए । गत चुनावमा उनले विराटनगरमा तेस्रो मत ल्याएका थिए ।
विराटनगर ५ का २६ वर्षिय सक्रिय गौतमले पनि स्वतन्त्रबाट प्रमुखमा मनोनयन दर्ता गराएका छन् । ५६ जना मध्ये १८ जना वडा अध्यक्ष र ३५ जना वडा सदस्यमा मनोनयन दर्ता गराएको सूचना अधिकारी बुढाथोकीले बताए । सदभावना पार्टी, नागरिक उनमुत्ति पार्टी, लोसपा, जनमत, पिछडा वर्ग निसाफ जनजाति पार्टी ,विवेकशील साझा पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ जनाले स्वतन्त्रबाट वडा अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । विराटनगर ९ नम्बर वडामा औषधी व्यवसायी देशबन्धु ढकालले उम्मेदवारी दिएका छन् । नेपाल औषधी व्यवसायी संघ मोरङको उपाध्यक्ष रहेका ढकालले स्वतन्त्रबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
विराटनगर महानगरपालिका १० को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार माधवराज वाग्लेले पनि उम्मेदवारी दिएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्ष जितेका वाग्लेले पुनः सोही पदमा उम्मेदवारी दर्ता गगराए । ‘वडाभित्र अझैपनि कतिपय कामहरू गर्न बाँकी छन् । बाँकी रहेको काम पूरा गर्न फेरी वडाअध्यक्षमा उम्मेदवारी दिएको छु,’ उम्मेदवारी दर्ता गरेपछि उनले भने, ‘अधुरो कामहरू पुरा गर्न र वडाबासीहरूको चाहना अनुसार उम्मेदवारी दिएको हु ।’शुक्रबार वडाअध्यक्ष पदबाट राजीनामा दिएका उनले यो पटक पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ सालको निर्वाचन अघि नेकपा एमालेमा आबद्ध रहेका वाग्लेले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर ८ सय ८५ मत ल्याएर अध्यक्ष जितेका थिए ।