animated ellipse animated ellipse

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, मेयर बगडीयाले गरे उद्घाटन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०८०, मंगलवार १८:३०
198
Shares
रंगेली / मोरङको रंगेली नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

आजदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो् । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ शिल्ड खेलकुद प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै मेयर बगडीयाले रंगेली नगरपालिका खेलकुद क्षेत्रको चौतर्फी विकासमा लागि परेको बताए । उनले स्थानीयस्तरमा हुने खेलकुद प्रतियोगिताबाट राष्ट्रकै नाम राख्न सक्ने राम्रा खेलाडीहरु उत्पादन हुने मात्र नभई स्थानीय ठाउँको पहिचान स्थापित गर्ने माध्यम समेत बन्ने बताए ।

मेयर बगडीयाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सामुदायीक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै भाग लिने सम्पूर्ण खेलाडी, प्रशिक्षकसहित विद्यालयहरुलाई शुभकामना दिए ।
कार्यक्रममा पब्लिक माध्यामिक विद्यालय रंगेलीका पूर्व प्रधानाध्यापक एवम् स्थानीय बुद्धिजिवि सुरेस मिश्रले विद्यार्थीलाई खेलकुद गतिविधिमा सहभागी गराउन अभिभावकले हौसला बढाउनुपर्ने बताए ।

औपचारिकरुपमा उद्घाटन पश्चात रंगेली नगरपालिकाका जनप्रतिनिधिहरुबिच एक सय मिटर दौड प्रतिष्पर्धा गराउँदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ गरिएको थियो । त्यसपश्चात विद्यार्थीहरु प्रतिष्पर्धामा सहभागी भए ।
त्यसअघि विद्यार्थीहरुले मार्चपास गरेका थिए । लगत्तै विभिन्न विद्यालयका विद्यार्थीहरुले राष्ट्रभक्ति र आफ्नो संस्कृती झल्काउने नृत्यसमेत प्रस्तुग गरेका थिए ।

प्रतियोगितामा छात्र र छात्राको एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रो, लङ जम्प, हाइजम्पल, कराँतेलगायतको खेलमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा १३ सामुदायीक र ७ वटा संस्थागत विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताभरी सहभागी हुने सवै विद्यालय, खेलाडी र प्रशिक्षकलाई सहभागीताको प्रमाणपत्र वितरण गरिने रंगेली नगरपालिका, सामाजिक विकास समितिका संयोजक अवधेश मण्डलले जानकारी दिए । सो प्रतियोगिता बिहीबार सम्पन्न हुने र सोही दिन पुरस्कारहरु वितरण गरिने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर