ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तीन ब्याटरले अर्धशतक प्रहार गरेपछि नेपालको आइसिसी विश्वकप लिग टूुमा लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७९, शनिबार १७:२८
225
Shares
विराटनगर / आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा लगातार तेस्रो जित निकालेको छ ।

आज भएको खेलमा नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपालले अपराजित यात्रा कायम राखेको हो ।

लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नेपालले नामिबियाले दिएको २७५ रनको लक्ष्य ४७ दशमलव ३ बल खेल्दै ३ विकेट गुमाएर जित निकालेको होे ।

घरेलु मैदानमा जारी लिग टु मा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो ।

नेपालको जितमा आसिफ शेखले सर्वाधिक ८१ रन बनाउँदा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ६५ रन र कुशल मल्लले ६२ रन बनाएर आउट भए भने कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तिमानी १३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो ।

यो जोडीले यही लिग टु को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हन् ।

त्यसपछि कुशल मल्ल र रोहितले इनिङ्स अघि बढाए । कुशलले आज रोहित भन्दा अघि ब्याटिङ गरेका थिए । क्रिजमा दुवैले सम्हालिएर खेल्दै ९२ रनको साझेदारी गरे ।

नेपाल जित नजिक पुग्दा कुशलले ठूलो सट खेल्न खोज्दा आउट भए । कुशल मल्लले ४९ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६२ रन जोडे । त्यसपछि पनि नेपालले थप ३ विकेट गुमायो ।

कुशल मल्लले लिग टु मा लगातार दोस्रो अर्धशतक बनाएका हुन् । यसअघि शुक्रबार स्कटल्याण्डलाई पराजित गर्दा पनि कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै ८१ रन बनाएका थिए ।

नामिबियाका रुबेन ट्रम्पलमेनले ३ विकेट लिँदा बर्नानर्ड स्काल्जले २ विकेट तथा तांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले १–१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले जान ग्रीनको अविजित ७५ रनको मदद्तले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । १३८ रनमा ५ विकेट गुमाएको नामिबियाका लागि जान ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ग्रिनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे । नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो ।

सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । लो हान्ड्रे लौरेन्सले ४१ रन र कार्ल विर्केन्स्टोकले २० रन बनाए । दुवैलाई सन्दीप लामिछानेले लगातार ओभरमा आउट गरेका थिए ।

यस्तै माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५–१५ रन जोडे । नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । सन्दीपले जारी लिगमा ९ विकेट लिएका छन् । करण केसीले १ विकेट लिए । नामिबियाका दुई खेलाडी रनआउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर