खबर पूर्वाञ्चल
सिंहदरबारमा आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो) र सांसदले लगाउँदै आएको प्रतीक परिमार्जन हुनेछ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।
बैठकमा संविधान संशोधनका लागि सबै राजनीतिक दलहरु एकजुट भएर अगाडी बढ्ने विषयमा पनि छलफल भएको छ । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले राष्ट्रिय सहमतिका विषयमा सल्लाह गरेर अगाडी बढ्ने र कोरोना नियन्त्रणमा भएका कमजोरी सच्याएर प्रभावकारी ढंगले अगाडी बढ्ने विषयमा सभामुख मार्फत सरकारलाई सुझाव दिने विषयमा छलफल भएको बताउनुभयो । बैठकले नेपालको नयाँ नक्सा समेत समेटेर संसदको लोगो जारी गर्न सभामुखलाई सिफारिस गरिएको उनले बताए । बैठकले बजेट विनियोजनपछि जेठ २६ गतेसम्मको संसदको कार्यक्रम पनि तय गरेको छ ।
नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ नक्सा गरी गरिसकेको छ । यसअघि राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठकले पनि लोगो परिवर्तनको निर्णय गरेको थियो ।