RUMPUM
animated ellipse animated ellipse

विराटनगरको जतुवामा दिनदहाडै तरवार प्रहार, दुई जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०८०, बुधबार १९:१४
648
Shares
विराटनगर / विराटनगर – १४ जतुवामा दिनदहाडै तरवार प्रहारबाट दुई जना घाइते भएका छन् ।

विराटनगर– १४ का पूर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा १० जनाको समूहले जग्गा विवादलाई लिएर तरवार प्रहार गर्दा ४० वर्षीया सन्तलाल यादव र ३० वर्षीय प्रकाश यादव बुधबार घाईते भएका हुन् । घाईते भएका सन्तलालको विराट टिचिङ्ग हिस्पटल र प्रकाशको न्यूरो हस्पिटलमा उपचार भइरहेको छ । तरवार प्रहारबाट सन्तलाललाई गहिरो चोट लागेको छ । उनको बाँदा हात र बायाँ औँलामा गहिरो चोट लागेको छ । सन्तलालको हातमा गिहरो चोट लागेर नशामा पनि असर पुगेको कारणले उनको भास्कुलर सर्जरी गरिनुपर्ने भएकोले थप उपचारको लागि विराट लगिएको चिकित्सकले बताएका छन् ।

उनीहरुमाथि विराटनगर १४ का जोगी भनिने योगी यादव, फुलेश्वर यादव, शंकर यादव, जय प्रकाश यादव, राजेश यादव, दिपेश यादव, विजो भनिने विजय यादव, निलु यादव, रविन भनिने शंकर यादवको समूहले आक्रमण गरेको पीडितले आरोप लगाएका छन् । घाइते मध्ये सन्तलालले पुर्ववडाअध्यक्ष बलदेवको घर छेउमा नयाँ घर बनाउँदैछन् । सन्तलालको पुरानो घर विराटनगर १४ रेलवेयदेखि पुर्वमा रहेको छ । अहिले नयाँ घर उनले विराटनगर १४ धरामवाद रोडमा बनाउँदैछन् । उनी र प्रकाश मोटसाइकलमा चढेर नयाँ घर बनाएको तर्फ बुधबार दिउँसो आउँदै थिए । ‘घरदेखि झण्डै दुई मिटर टाढा पुगेपछि बलदेवको मकैबारीमा बसेका १० जनाको समूहले तरवार लिएर आए । हामीमाथि तरवारले आक्रमण गरे ।

तरवारले टाउँमा पनि प्रहार गरे । हेलमेट लगाएकोले टोउँको जोगियो । धेरै पटक हामीमाथि तरवार प्रहार गरेको थिए । जोगिदा जोगिदैपनि हातमा तरवारले लागो,’ अस्पतालको शैय्यामा उपचार गरिरहेका घाइते सन्तलालले भने, ‘जग्गाको विवादलाई लिएर पुर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा उहाँकै मकैबारीमा हामीथि नियोगित रुपमा आक्रमण भएको छ । भागेर ज्यान जोगियो ।’ आक्रमणकारीले मार्ने उद्देश्यले हमला गर्न निर्देशन दिने र आक्रमण गर्नेलाई कारवाहीको लागि प्रशासनसँग जोडदार माग पीडित पक्षले गरेका छन् । सन्तलालको नयाँ घरको बिहीबार ढलाई रहेको थियो । तेही भएर उनी र प्रकाश निर्माणधिन घर हेर्न जाँदा आक्रमण भएकोे छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनाको अनुसन्धान सुरु गरिएको बताए । ‘हामी घटना के भएको हो । बुझेर अनुसन्धान गर्दै आएका छौं,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरि कारवाहीको दायारमा ल्याउनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर