पूर्वाञ्चल खबर
कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पसमा अखिल क्रान्तिकारीका रोहित यादवलाई करिव दोब्बर मतान्तरले पराजित गर्दै पौडेल सभापतिमा विजयी भएका हुन् ।
पौडेलले १६८९ मत प्राप्त गरे भने क्रान्तिकारीका यादवले ७८४ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार नेकपा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले ५९२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
एमाले निकट अनेरास्ववियुका अध्यक्षका उम्मेदवार नविन पहाडीले ५९२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
स्ववियु सचिवमा अनेरास्ववियुका सनिम ठकुरी निर्वाचित भए । ९३७ मतसहित ठकुरी विजयी हुँदा नेविसंघ उम्मेदवार पूजा विश्वासले ७८६ मत, अखिल क्रान्तिकारी उम्मेदवार आशिका लम्सालले ५१५ मत र अनेरास्ववियू उम्मेदवार निर्मल भण्डारीले ४४५ मत प्राप्त गरे । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार स्वस्तिक बोहोरा निर्वाचित भए ।