विराटनगरको महेन्द्र मोरङ क्याम्पसको अध्यक्षमा नेविसंघका पौडेल निर्वाचित

खबर पूर्वाञ्चल, ७ चैत्र २०७९, मंगलवार १७:४२
378
Shares

विराटनगर / विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्याथी युनियन (स्ववियू­ )अध्यक्षमा नेपाल विद्याथी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पसमा अखिल क्रान्तिकारीका रोहित यादवलाई करिव दोब्बर मतान्तरले पराजित गर्दै पौडेल सभापतिमा विजयी भएका हुन् ।

पौडेलले १६८९ मत प्राप्त गरे भने क्रान्तिकारीका यादवले ७८४ मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार नेकपा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले ५९२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
एमाले निकट अनेरास्ववियुका अध्यक्षका उम्मेदवार नविन पहाडीले ५९२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

स्ववियु सचिवमा अनेरास्ववियुका सनिम ठकुरी निर्वाचित भए । ९३७ मतसहित ठकुरी विजयी हुँदा नेविसंघ उम्मेदवार पूजा विश्वासले ७८६ मत, अखिल क्रान्तिकारी उम्मेदवार आशिका लम्सालले ५१५ मत र अनेरास्ववियू उम्मेदवार निर्मल भण्डारीले ४४५ मत प्राप्त गरे । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार स्वस्तिक बोहोरा निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५