खबर पूर्वाञ्चल

१ सय ५७ रनकोे लक्ष्य पाएको एग्रोभेटले १२ दशमलव १ बलमा २ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । एग्रोभेटका तिर्थराज दासले ६५ रन बनाउँदा आदिल अन्सारीले अविजित ५५ रन र शाकिव अन्सारीले ३४ रनको योगदान दिए । सिवानका तारिक जम्लीले १ विकेट लिँदा सतिस कुमारले १–१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको सिवानले निर्धारित २१ ओभरमा ९ विकेट गुमाई १ सय ५६ रनको योगफल तयार गरेको थियो । सिवानका पुछारका ब्याटर सौरभ यादवले १३ बलमा ५ छक्का प्रहार गर्दै ३५ रन बनाउँदा विशाल सिंहले ३१ रनको योगदान दिए । एग्रोभेटका फिदोस अन्सारीले ३ विकेट लिँदा श्रवण किस्कुले २ विकेट, आदिल अन्सारी र दिपेश कँडेलले समान १ विकेट लिए । खेलमा प्लेयर अफ द म्याच एग्रोभेटका अलराउण्डर खेलाडी आदिल अन्सारी घाषित भए ।