AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महासंघले निजी क्षेत्रको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा अग्रणी भूमिका खेलेको छ : राजेन्द्र राउत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०८२, आईतवार १७:३२
18
Shares
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य राजेन्द्र राउतले उद्योगी, व्यापारी तथा व्यवसायीको समस्या समाधानदेखि प्रेरणा र प्रोत्साहनसम्मका क्षेत्रमा महासंघले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न सो सभामा निजी क्षेत्रका मुद्दा, समस्या समाधान र व्यवसाय प्रवर्द्धनका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि राउतले व्यवसायीहरूको लगानीलाई सुरक्षित, दिगो र निरन्तर बनाउने कार्यमा महासंघ अभिभावकको भूमिकामा रहेको बताए। उनले भने, “महासंघले निजी क्षेत्रको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा अग्रणी भूमिका खेलेको छ। व्यवसायीहरूको हौसला बढाउने काममा हामी निरन्तर लागिरहेका छौँ।”

अध्यक्ष राउतले स्थानीय उत्पादन—विशेषतः खुकुरीजस्ता साना तथा घरेलु उद्योगहरूको विकास र ब्रान्डिङमा जोड दिन भोजपुर उद्योग वाणिज्य सङ्घलाई आग्रह गरे। प्राकृतिक प्रकोप, बाढी, पहिरोजस्ता विपदबाट हुने सम्भावित क्षति रोकथाममा पनि राज्यले निजी क्षेत्रलाई विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

भोजपुर जन्मथलो भएको उल्लेख गर्दै राउतले ट्याम्केडाँडा, साल्पापोखरी र खुकुरीजस्ता प्रसिद्ध क्षेत्रमार्फत भोजपुरलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन संघको भूमिका महत्त्वपूर्ण हुने बताए।

महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष नरेन्द्र खड्काले तीन खम्बे अर्थनीति अनुसार सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। “सरकारले उद्योग, व्यवसायको यथार्थ पहिचान गरी नीतिगत सुधार गर्नु आवश्यक छ,” उनले भने।

केन्द्रीय सदस्य उमेश डालमियाले पछिल्लो समय व्यवसायीहरू व्यवसायबाट पलायन हुन थालेको उल्लेख गर्दै संघ र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले कर, ब्याजदर, मौद्रिक नीति जस्ता विषयमा सरकार संवेदनशील बन्नुपर्नेमा पनि जोड दिए।

भोजपुर क्षेत्र नं २ का सांसद विनोद वान्तवाले भोजपुर पर्यटन, उद्योग, कृषि, यातायातलगायत क्षेत्रमा समृद्धिको सम्भावना रहेको बताए। उनले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन आफूले पहल गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर