animated ellipse animated ellipse

लकडाउनमा अलपत्र परेकालाई महानगरपालिकाद्वारा उद्धार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०७७, आईतवार २०:१०
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले लकडाउनका कारण अलपत्र परेका नागरिकहरुलाई आ–आफ्नो गन्तव्यसम्म पु¥याउन थालेको छ ।
विराटनगरवाट सात वटा बसमार्फत सामाजिक दुरी कायम गरी लहान, वर्दिवास, सिन्धुली, काभ्रेको धुलीखेल, वनेपा र काठमाडौका १ सय ६० यात्रुलाई आज साँझ त्यसतर्फ पठाइएको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले लकडाउनका कारण अलपत्र विद्यार्थीहरुलाई र सर्वसाधारण सहज र सरल किसिममले आफ्नो घर पु¥याउन सवैको सहयोग प्राप्त भएको बताए ।

पूर्व नेपाल यातायात प्रालि, विराटनगर वस पार्क व्यवस्थापन समिति, विभिन्न यातायात मजदूरका संघसगठनहरुले निशुल्क रुपमा वस उपलव्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर