RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ सरकारद्धारा शंकास्पद व्यक्तिको नमूना संकलनलाई तीव्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०७७, सोमबार २१:२३
3
Shares
विराटनगर / प्रदेश १ मा देखापरेको कोरोना संक्रमणको नियन्त्रणका लागि प्रदेश सरकारले शंकास्पद व्यक्तिको नमूना संकलनलाई तीव्र पारेको छ ।

संक्रमितको ‘हिष्ट्री’ लिएर शंकास्पद व्यक्तिहरुको नमूना संकलनलाई तीव्र पारिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले वताए । लायन्स क्लव ३ सय २५ ए वानका डिष्ट्रिक गर्भनर इन्द्र खत्री, सेकेन्ड भाईस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्कीलगायत लायन्स क्लवका प्रतिनिधिहरुसँग आज कोरोना भाईरसको रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारबारे गरिएको भिडियो संवादमा मन्त्री घिमिरेले सो जानकारी दिएका हुन् । मन्त्री घिमिरेले कोरोनाको उपचारमा जस्तो स्थिति आएपनि सामना गर्न प्रदेश सरकार तयार रहेको बताए ।

उदयपुरको भुल्के, भोजपुरको हतुवागढी, झापाको दमक र बा¥हदशीमा कोरोना संक्रमित देखिएपछि उनीहरुको ‘हिष्ट्री’ लिएर शंकास्पद व्यक्तिहरुको पहिचान भईरहेको मन्त्री घिमिरेले बताए । शंकास्पदको स्वाव संकलनको काम भईरहेको उनले बताए । मन्त्री घिमिरेले उदयपुरका ५ सयको नमूना संकलन गरेर परीक्षण भईरहेको बताए । उनले भने,‘ ट्रयाकिङ सिस्टमलाई व्यस्थित बनाएका छौं ।’ कोरोना संक्रमणको नियन्त्रणका लागि दुईवटा प्राविधिक टिम क्रियाशिल रहेको मन्त्री घिमिरेले बताए । उनले भने,‘ एउटा कोभिड १९ अस्पतालमा क्रियाशिल छ, अर्को फिल्डमा नमूना संकलन, शंकास्पदको पहिचानमा छ ।’ शंकास्पद व्यक्तिको नमूना परीक्षणको क्षमता बढाईएको मन्त्री घिमिरेले बताए ।

सामाजिक विकास मन्त्री घिमिरेले नेपालमा देखिएको कोरोना संक्रमणको लक्षण विदेशको जस्तो नभएको बताए । नेपाली पनको कोरोना देखियो, अन्य देशसँग लक्षण मिल्दैन उनले भने,‘।’ प्रदेश १ मा देखिएका ३१ जना संक्रमितको लक्षण विदेशका संक्रमितको जस्तो देखिएन उनले भने,‘नेपालमा कोरोना छैन, विदेशबाट आउनेबाट आयो, लक्षण अन्यदेशसँग मिल्दैन ।’ मन्त्री घिमिरेले कोरोना संक्रमितको उपचारका लागि उपचारकेन्द्रहरु विस्तार गर्ने क्रम प्रदेश सरकारले तीव्र बनाएको उनले बताए ।

विराटनगर र धरानमा १÷१ सय वेडको अस्पताल सञ्चालन गरेको प्रदेश सरकारले मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको टिचिङ अस्पतालमा ५० वेडको उपचार केन्द्र निर्माणका लागि निर्देशन दिईएको उनले बताए ।

टिचिङ अस्पतालको आज मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री घिमिरेले निरीक्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर