RUMPUM
animated ellipse animated ellipse

१५ जिल्लाका २५ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै विद्यार्थी परिषद्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०८०, शनिबार १५:४६
180
Shares
काठमाण्डौ / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै परिषद्ले १५ जिल्लाका १६ वटा विद्यालयका २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिएको हो ।

हिमाल, पहाड र तराईका जिल्लाहरू तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर, रुपन्देही, बाग्लुङ, गुल्मी, रोल्पा, कालिकोट, जुम्ला र डडेल्धुरामा शैक्षिक सामाग्री वितरण गर्ने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

शैक्षिक सामाग्रीमाहरूमा ब्याग, कपी, कलम, रेपिडेक्स पुस्तक, जेमेट्रीक बक्स, नेपाली वृहत शब्दकोश, टोपी लगायत रहेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महासचिव पंगेनीले विगतमा पनि विपन्न आर्थिक अवस्थाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिए । उनले असल र कुशल व्यक्ति निर्माणमा प्राज्ञिकले निरन्तर क्याम्पस विश्वविद्यालय र विद्यालयहरूमा आफ्नो रचनात्मक गतिविधि सञ्चालन गरिरहेको जानकारी समेत दिए ।

कार्यक्रममा परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्णप्रसाद हुमागाईंले विद्यार्थी परिषद्ले सेवासँगसँगै क्याम्पस विश्वविद्यालयलाई दलीय भगबन्डाबाट मुक्त राख्ने, माटो सुहाउँदो स्वदेशी विचार, संस्कार र संस्कृति झल्किने शिक्षा नीति निर्माणमा पनि उदाहरणीय कार्य गरिरहेको बताए ।

विद्यार्थी परिषद्ले गत वर्ष पनि ११ वटा हिमाली जिल्लाका १८ सय भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर