animated ellipse animated ellipse

तेली समाजका वडा ५ मा सुरेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ असार २०८०, शनिबार १८:२८
351
Shares
विराटनगर / तेली कल्याण समाज नेपालले विराटनगर वडा ५ को अध्यक्षमा सुरेश साह चयन भएका छन् । सुरेशको अध्यक्षतामा १५ जना पदाधिकारीहरु र ७ जना सल्लाहकारहरु गरी २२ जनाको समिति गठन गरेका छन् ।

समितिको उपाध्यक्षमा शैलेन्द्र साह, सचिवमा ज्ञानचन्द साह, सह–सचिवमा शत्रुधन साह, कोषाध्यक्षमा ललिता साह, र सदस्यहरुमा महेश साह, निर्मला साह, अनिता साह, सुधिर साह, कोमल साह, रमेश साह, केदार साह, अनिल साह, सबिता साह र मनोज साह रहेका छन् । त्यसैगरि सल्लाहकारहरुमा डा. रामकृष्ण साह, डा. रोहित साह, भागनारायण साह, सदानन्द साह, सोमनीकुमारी साह, खुलानन्द साह र चन्दन साह रहेका छन् ।

जेठ १५ मा सञ्जय साहको संयोजकत्वमा महानगर अधिवेशन तयारी समिति (तदर्थ समिति) गठन लगतै समाजले विराटनगरका वडा अधिवेशनहरुमा सक्रियता थपेको हो । यस अघि वडा ६ मा रामप्रसाद साह, वडा ८ मा अलिपचन साह ,वडा १० मा सज्जन साह र वडा १४ मा देवनारायण साहको अध्यक्षतामा वडा समिति गठन गरिसकेको तदर्थ समितिका संयोजक सञ्जय साहले बताए । जनगणना २०५७ का अनुसार विराटनगर महानगर पालिकामा तेली कुल ७ हजार ७ सय ५७ जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर