AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाढीको कारण विराटनगरमा १७६ परिवार विस्थापित, मोरङमा २५१ परिवार प्रभावित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०८२, आईतवार १५:३७
153
Shares

विराटनगर / अविरल वर्षासँगै केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले विराटनगरसहित मोरङका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढी र कटानका कारण मोरङ जिल्लाका २५१ परिवारका १ हजार २० जना प्रभावित भएका छन् । तीमध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर महानगरपालिका र आसपासका बस्तीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

केशलीया खोलामा आएको बाढी विराटनगर–१२ बखरीस्थित सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरूलाई बखरी आधारभूत विद्यालय र नयाँ निर्माणाधीन फ्याक्ट्रीमा अस्थायी रूपमा राखिएको छ ।

त्यस्तै, सिंघिया खोलाको बाढी विराटनगर–२ पूर्वटोलमा पस्दा ३५ घर डुबानमा परेका छन् । ती घरका १५० जना स्थानीय सुरक्षित स्थानमा सरेका छन् । विराटनगर–५ शंकरबारी टोलमा २० घर बाढीले प्रभावित भएका छन् भने ७० जना आफन्तकहाँ गएर बसेका छन् ।

विराटनगर–८ को सुकुम्बासी बस्तीमा पनि सिंघिया खोलाले ११ घरमा पसेर ४० जना विस्थापित गरेको छ । ती परिवारहरू आफैं सुरक्षित स्थानमा सरेका छन् ।

सिंघिया खोलाको बाढी विराटनगरसँग जोडिएको कटहरी गाउँपालिका–१ बख्खु टोलमा पनि पसेको छ । सो क्षेत्रमा ३५ परिवार विस्थापित भएका छन् र उनीहरूलाई नारी विकास संघको भवनमा राखिएको छ ।

यसैबीच, सुनबर्षी नगरपालिका–६ कैनिटोलमा बक्राहा खोलाले साइड बाँध कटान गरेको छ भने उर्लाबारी–१ बोडरलाइनमा रतुवा खोलाले पनि साइड बाँध भत्काएर बस्तीमा बाढी पसेको प्रहरीको जानकारीमा आएको छ ।

सुनबर्षी–३ बाहुनटोलमा बक्राहा खोलाले करिब ४–५ मिटर बाँध कटान गरी ६० घरमा बाढी पसेको छ । त्यस्तै, मिक्लाजुङ गाउँपालिका–६ मलामीटहेरामा नुनसरी खोलाको बाँध समेत कटान भएको छ ।

बाढी र डुबानका कारण विस्थापित भएका परिवारलाई विभिन्न संघ–संस्थाले राहत सामग्री र खानाको व्यवस्था गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर