पूर्वाञ्चल खबर
कलेजले आज एक कार्यक्रमको आयोजना गरी ४ दिनसम्म सञ्चालन हुने ‘इन्डक्सन शेसन’को कार्यक्रम सुरु गरेको हो ।विद्यार्थीहरुलाई कलेजको व्यवस्थापन, नियम, अनुशासन र अध्ययनअध्यापन विषयमा जानकारी गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।
क्याम्पस प्रमुख सापकोटाका अनुसार पहिलो दिन परिचयात्मक तथा मोटिभेषनल कार्यक्रम गरिएको छ । मोटिभेषनल कार्यक्रममा उत्प्रेरक बसन्त अधिकारीले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । दोस्रो दिन क्रस ओभर सलुसनका सिइओ शौरभ घिमिरे र नाथमका निर्देशक विनोद अर्यालले सहजीकरण गर्नेछन् । त्यसैगरी तेस्रो दिन विश्वविद्यालयको सेमेष्टर सिस्टम र मुल्याङ्कनको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने र अन्तिम दिन समापन समारोहसंगै विद्यार्थीहरुलाई रिफ्रेसमेन्ट गराउने उदेश्यले लाईभ म्युजिक कार्यक्रम गरिने कलेजले जनाएको छ ।
यसै बर्ष भर्ना भएका विएचएम,विआइएम, विसिए तथा विएस.सि.सि.एस.आइटि र विविएसका करिव १ सय ३१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।