मोरङमा १७ सहित प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए

खबर पूर्वाञ्चल, १४ असार २०७७, आईतवार १७:१४

विराटनगर / मोरङमा १७ सहित प्रदेश १ मा थप आज २७ जना कोरोना संक्रमित थपिएका छन् ।

कोशी अस्पताल विराटनगर प्रयोगशालामा जाँच गर्दा मोरङको सुनवर्सी नगरपालिकाका १ महिलासहित १७ जनामा कोरोना संक्रमण थपिएको हो । मोरङबाहेक झापामा २, सुनसरीमा १, उदयपुरमा ६ जना र इलाममा १ जना कोरोना संक्रमित थपिएसँगै प्रदेश १ मा संक्रमितको संख्या ५६० पुगेको छ भने ३ ७७ जनाले कोरोनालाइृ जितेर घर पर्किएका छन् ।

उनीहरू गान्धी आश्रम क्वारेन्टाइनमा बसिरहेका थिए । १७ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ ।

झापाको हल्ःदीबारीमा २ महिला, उदयपुरको कटारीमा ३ महिलासहित ५ जना र त्रियुगामा १ जना पुरूष, इलामको माइ नगरपालिकामा १ पुरूष र सुनसरीको इनरूवामा एक पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५