खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ११ बस्ने बर्ष ३७ की सबिता तामाङ र पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ कुशल चौक बस्ने वर्ष २५ का सरोज श्रेष्ठ पक्राउ परेका हुन् ।
सविताले भदौ २१ गते कानेपोखरी गाँउपालिका वडा नं. ७ स्थित कानेपोखरी बजारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १०० ग्राम फेला परी नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । उनलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भई रहेको छ ।
त्यसैगरी शनिबार पथरीशनिश्चरे नगरपालिका ४ कुशल चौक बस्ने सरोज श्रेष्ठले घरमा लागूऔषध बेचिरहेको भन्ने गोप्य सुचनाको आधारमा कुशलबजारबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया