AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अररियाका डिएमसँग मीरगञ्ज पुल सञ्चालन गरिदिन आग्रह गर्दै विराटनगरका उद्योगीले बुझाए ज्ञापनपत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७८, सोमबार १७:३५
387
Shares
विराटनगर / मोरङ व्यापार संघको टोलीले भारतको मीरगञ्ज खोलामा बनेको नयाँ पुलबाट मालवहाक सवारी आउजाउ खुलाउन माग गर्दै अररियाका डिस्ट्रिक मेजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वमा गएको उद्योगी–व्यवसायीको टोलीले तत्काल ३० टनसम्मका मालवस्तु बोकेका मालवहाक सवारीको आवागमन सहज बनाउन माग गरेका हुन् । गत पुस २२ गते सीमावर्ती जोगबनी बजारदेखि ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज खोलाको पुरानो पुल क्षतिग्रस्त बनेपछि रि–रुट गरेर मालवस्तु भीमनगर–सेतुबन्ध नाकाबाट पैठारी गरिदैं आएको छ । जसका कारण उद्योगीहरुले ११६ किलोमिटर दुरी घुमाएर सुनसरीबाट भईरहेको आयात–निर्यातले झन्झटसँगै ढुवानी बढाएको गुनासो गर्दै आएका छन् ।

दैनिक दुई सयसम्म मालवहाक सवारी रि–रुट गर्नुपर्दा व्ययभार बढेको भन्दै उद्योगी–व्यवसायीले भारत सरकारले मीरगञ्ज खोलामा निर्माण गरेको नयाँ पुल सञ्चालनका लागि बाटो खोलिदिनुपर्ने अररियाका डिएमसँग आग्रह गरेका हुन् ।

संघका अध्यक्ष रिजालले अररियाका डिएम प्रशान्तकुमारलाई ज्ञापन पत्र बुझाउँदै मीरगञ्ज खोलामा बनाइएको नयाँ पुलमा ल्याण्डिङ्ग र एप्रोच रोड निर्माणको काम समेत सकिएकोले सञ्चालनका लागि पहल बढाई दिन माग गरे । हामीले भारतीय अधिकारीसँग छलफल गरेका छौं, अध्यक्ष रिजालले भने–कम्तिमा १५ दिनभित्र पुल सञ्चालनको प्रक्रिया मिलाउने आश्वासन पाएका छौं ।

तर, भारतीय अधिकारीहरुले भने राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने पुलको सञ्चालनको निर्णय नहुँदासम्म खोल्न नमिल्ने बताउँदै आएको छ । संघको टोलीले सरकारीस्तरमा पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएर फर्केको छ । नेपाली उद्योगी–व्यवसायीको टोलीले भारतको अररियास्थित डिस्ट्रिक मेजिस्ट्रेट प्रशान्तकुमार, त्यहाँका प्रहरी उपरीक्षक विनोदकुमार सिंहसहित पुलको स्थलगत निरीक्षण समेत गरेर फर्केको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर