RUMPUM
animated ellipse animated ellipse

५ लाख भन्दा बढि नगद सहित चोरी गर्ने २ जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ असार २०७८, आईतवार १७:५०
2.7k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरका विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि १ थान, कानमा लगाउने झुम्का ३ थान, एलसिडि टिभि १ थान, मोवाईल २ थान, फलामे कराई १ थान, फलामे औजार ४ थान, चाँदीको सिक्री १ थान र नेपाली नगद ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का विनोदकुमार नुनियाले संचालन गरेको महाविर इलेक्ट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोड का समिर लामाको विनर्ट पसलमा राती झ्याल फुटाई नगद ८९ हाजर १ सय ४५ र २ वाट मोवाईल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर ९ महेन्द्र चौक स्थित अनिस रिजालले सञ्चालन गरेको नेक्स टर्म एजुकेशन भिजा सर्भिसको ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका विरेन्द्रकुमार मण्डलले सञ्चालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलको पछाडी छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद १७ हजार र ग्याँस सिलिण्डर १ थान चोरी गरेको खुलेको छ ।

पक्राउ परेका चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान भइ रहेको मोरङ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर